तपाइको जग्गामा कस्तो घर बन्छ? कति तल्ला बनाउने ? कति कभर गर्ने? कत्रो बनाउने ? नगर पालिकाका नियमहरू के के हुन? तपाईँलाई घर बनाउनु अघि यी प्रश्नहरूले सताइरहेका हुन सक्छन् । आज हामी तपाईँलाई घरको नक्सा पास गर्दा ध्यान दिनुपर्ने ५ प्रमुख नियमहरूको बारेमा जानकारी दिँदै छौँ ।

१. पहिलो नियम : Ground Coverage (घरले ओगट्ने अधिकतम क्षेत्रफल)
Ground Coverage भन्नाले तपाइले आफ्नो घडेरीको कति प्रतिशत भूभाग ओगटेर घर अथवा संरचना निर्माण गर्दा ओगटेर निर्माण गर्न पाउनुहुन्छ हुनुहुन्छ त्यसको क्षेत्रफल हो । सबै भन्दा पहिले तपाइले ख्याल गर्नुपर्ने भनेको तपाइको घडेरीको पुरा क्षेत्रफल हो । यदि तपाइको घडेरीको क्षेत्रफल ८ आना सम्म छ भने तपाइले ७० प्रतिशत सम्म क्षेत्रफल ओगटेर घर निर्माण गर्न सक्नुहुन्छ । तर यदि तपाइको जग्गा ८ आना देखि १ रोपनी सम्म छ भने तपाइले ६० प्रतिशत सम्म कभर गरेर घर निर्माण गर्न सक्नुहुन्छ । यदि १ रोपनी भन्दा बढी छ भने ५० प्रतिशत मात्रै कभर गरेर घर निर्माण गर्न सक्नुहुन्छ ।
- १ बिघा = २० कट्ठा = ६७७.६३ वर्ग मिटर= ७२९०० वर्ग फिट = १३.३१ रोपनी
- १ कट्ठा = २० धुर = ३३८.६३वर्ग मिटर = ३६४५वर्ग फिट
- १ धुर = १६.९३ वर्ग मिटर= १८२.२५ वर्ग फिट
- १ रोपनी = १६आना = ६४ पैसा = ५०८.७२वर्ग मिटर = ५४७६ वर्ग फिट = १५६दाम = 4 llka
- १ आना= ४ पैसा = ३१.८० वर्ग मिटर = ३४२.२५ वर्ग फिट = १६ दाम
- १ पैसा = ४ दाम = ७.९५ वर्ग मिटर = ८५.५६ वर्ग फिट
- १ दाम = १.९९ वर्ग मिटर= २१.३९वर्ग फिट
२. दोस्रो नियम : Floor Area Ratio (FAR)
FAR भन्नाले तपाइको जग्गाको क्षेत्रफल (Plot Area) र घरको जग्गाको क्षेत्रफलको (Plinth Area) अनुपात हो । टोटल प्लिन्थ एरिया लाई प्लट एरियाले भाग गरी FAR निकालिन्छ । उदाहरणका लागि तपाइको घर ३ तल्लाको छ र १ तल्लामा १००० वर्ग फिट छ भने तपाइको घरको Plinth Area ३००० वर्ग फिट भयो । FAR सामान्यतया १.५ देखि ४.५ सम्म नेपालको हकमा । सामान्यतया बसोबासको क्षेत्रमा FAR १.७५ हुन्छ । यदि तपाइको १००० वर्ग फिटको जग्गा छ भने १७५० वर्ग फिट जग्गा प्रयोग गरेर घर बनाउन सक्नुहुन्छ ।
FAR = 1.75
Plot Area = 1000s s.f.
Building Area
=1.75×1000
=1750 s.f.
काठमाण्डाैको हकमा का.मा.न.पा.ले यदि तपाइले व्यावसायिक प्रयोजनकालागि घर निर्माण गर्दै हुनुहुन्छ भने ४.५ FAR सम्म प्रयोग गर्न सक्नुहुन्छ । तर त्यसका लागि केही प्रावधानहरू छन् । यदि तपाइको ४.५ फार भएको जग्गा छ भने तपाइले जग्गाको साढे ४ गुणा बढी क्षेत्रफल भएको घर बनाउन पाउनुहुन्छ । घरको पार्किङ, बेसमेन्ट, भर्याङको माथि भएको कभर, बाल्कोनी यी FAR मा गणना हुँदैन । यी बाहेक जति पिल्लर भित्र वाल लगाइएको हुन्छ FAR मा पर्दछन् । यो प्राविधिक कुरा भएको हुनाले थप जानकारीका लागि तपाइले इन्जिनियर सँग सल्लाह लिन सक्नुहुन्छ । त्यस कारण तपाइले चाहे जति जग्गामा घर निर्माण गर्न पाउनुहुन्न । नगरपालिकाले तोकेको नियम भित्र रहेर मात्र निर्माण गर्न पाउनुहुन्छ ।
३. तेस्रो नियम : Building Height (घर वा संरचनाको उचाइ)
तपाइको जग्गाको तुलनामा तपाइले कति तल्ला बनाउने भन्ने कुरा पनि नगरपालिकाको यो नियमले निर्धारण गरेको हुन्छ । सामान्यतया बसोबासको क्षेत्रमा निर्माण हुने घरको उँचाइ ३० देखि ४० फिट हुन्छ । अर्थात् साढे ३ या ४ तल्ला सम्म तपाइले बनाउन पाउनुहुन्छ त्यो भन्दा बढी बनाउन पाउनुहुन्न । व्यावसायिक तथा अपार्टमेन्टका लागि भने छुट्टै नियमहरू छन् । यदि तपाइको फार धेरै छ र ग्राउन्ड कभरेज थोरै गर्नुभएको छ भने तपाइले अधिकतम ४ तल्ला सम्मको घर बनाउन सक्नुहुन्छ ।
४. चौथो नियम : SetBack (बाटोको लागि छोड्नु पर्ने दुरी)
सेट ब्याक भन्नाले बाटो वाट घर सम्म छोड्नुपर्ने दुरी हो । यो सामान्य तया १.५ मिटर छोड्नुपर्ने हुन्छ । बाटो ६ मिटर पुर्याएर १.५ मिटर छोड्नु पर्दछ । यो नियम नगरपालिका वा सडक विभागले बाटो अनुरूप निर्धारण गरेका हुन्छन् ।
५. पाचाैं नियम : झ्याल राख्दा छोड्नुपर्ने दुरी
यदि तपाइले निर्माण गरेको घर वा संरचनामा झ्याल छ भने कम्तीमा ५ फिट अर्को टाँसिएको जग्गाबाट छोड्नुपर्ने हुन्छ ।
माथि उल्लेखित ५ नियमहरू नगरपालिका विशेष फरक फरक हुन्छन् । यो बाहेक घर तथा संरचना निर्माण गर्दा अन्य पक्षलाई पनि ध्यान दिनुपर्ने हुन्छ त्यसका लागि तपाइ घर निर्माण गर्ने प्राविधिकहरूको सल्लाह बमोजिम गर्न सक्नुहुन्छ ।